शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै

दैनिक नेपाल २०७८ पुष २६ गते ९:०९

काठमाडौं, २६ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आजदेखि शुरू हुँदैछ ।

प्रतियोगिताको कीर्तिपुरस्थि टीयू क्रिकेट मैदानमा आज बिहाज साढे ९ बजे उद्घाटन हुँदैंछ । उद्घाटन खेलमा समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले सुरुवाटी प्रतिस्पर्धा गर्दै छन् ।

आगामी माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोली गरी कुल १० वटा टोली सहभागी हुँदैछन् । १० वटा टोलीलाई पाँच–पाँच समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

आज दोस्रो खेलमा एपीएफ र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ः१५ मा टीयु मैदानमै हुने छ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । दुबै सेमिफाइनल माघ ४ र फाइनल माग ५ मा हुनेछ । यसअघि प्रधानमन्त्री कप एकदिवसीय शैलीमा हुँदै आए पनि ओमानमा हुने आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट ए लाई दृष्टिगत गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० शैलीमा गर्न लागेको हो ।

योसँगै ७ वर्षपछि नेपालमा टी–२० राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने छन् ।

खेलको प्रत्यक्ष प्रसारण एक्सन एस्पोर्ट्सले गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित