१९ कार्तिक २०८३, बिहिबार

विवकेशील साझाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ गतेदेखि माघ १६ सम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ ।

झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।

पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठुलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत जनाएका छन् ।

निकट भविष्यमा अनुकूल समय पारेर ’मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ गरिने विज्ञप्तिमा उल्लेख छ ।