१ कार्तिक २०८३, आइतबार

ह्वात्तै बढ्यो कोरोना, २४ घन्टामा ९६८ जना संक्रमित लकडाउनको सम्भावना

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस। पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर ह्वात्तै बढेको छ।

९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घन्टामा मृतक भने भेटिएका छैनन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

काठमाडौंमा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८–८ जनामा संक्रमण पुष्टि भएको छ।

यसैबीच कोरोना संक्रमणको दर बढेसँगै लकडाउन हुने सम्भावना बढेको छ। भारतका विभिन्न ठाउँमा लकडाउन सुरु भइसकेका छन् यहि गतिमा संक्रमण बढे लकडाउनको विकल्प नभएको अधिकारीहरु बताउँछन्।