शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अनमोल स्मृति बास्केटबलको सेमिफाइनलमा पुग्यो गोल्डेनगेट कलेज

दैनिक नेपाल २०७८ पुष २३ गते ५:२९

काठमाडौं, २३ पुस । गोल्डेनगेट कलेज प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बावजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको हो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित गर्यो । कीर्तिपुरका प्रनिश महर्जनले १७ अंक जोडे । लिगमा समग्रमा गोल्डेनगेटको प्लस १० र कीर्तिपुरको प्लस ७ अंक भएकाले गोल्डेनगेटले सेमिफाइनलको बाटो तय गरेको हो ।

कीर्तिपुरले सुरुका दुई क्वाटर क्रमशः २४–२३ र २१–१२ ले आफ्नो पक्षमा पार्यो ।

तेश्रो क्वाटरमा १३–१८ ले पछि परेको कीर्तिपुर चौथोमा २२–१५ ले अगाडि रह्यो । सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसंग हुने छ । अर्को सेमिफाइनलमा टाइम्सले गोड्स विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल आज शुक्रबार हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित