
काठमाडौं, २२ पुस । संरक्षित बन्यजन्तु सालकको खपेटासहित कोटेश्वरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका–४ लाखुरेका ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका–८ टोखाका २७ वर्षीय भबिन्द्र बहादुर मगर छन् । उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई १ किलो ५०० ग्राम तौल भएको उक्त खपेटासहित फेला पारी पक्राउ गरेको बताइएको छ ।
उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको ब्यूरोले जनाएको छ ।















प्रतिक्रिया