शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

दैनिक नेपाल २०७८ पुष २२ गते ७:४२

बेइजिङ, २२ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ ।

हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातवारणमा नाटकीय सुधार आएको बताइन्छ ।

सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइला खानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।

खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौ सोलार फार्म खडा गरेको छ । हावामा धुलोको कण पीएम २.५ को मात्र घटाउन सक्दो प्रयास गरेको बेइजिङको वातावरण व्यूरोले जनाएको छ । यो कणले फोक्सोको क्यान्सर, ह्दयघात र समय नपुगी गर्भपतन गराउँछ । सन् २०२१ को तथ्यांकअनुसार पीएम २.५ को मात्रा ३३ माइक्रोग्राम प्रति क्युविक मिटर रहेको थियो । यो सन् २०१३ को तुलनामा एक तिहाइले गिरावट आएको हो ।

तर, यो मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा अझै पनि पाँच गुणा बढी हो । ‘सन् २०१३ पछि बेइजिङको औषत पीएम २.५ रिडिङ ६३ दशमलव १ प्रतिशतले गिरावट आएको छ,’ व्यूरोले भनेको छ ।

वायुको गुणस्तरमा सुधार आए पनि धुँवाको जोखिम उत्तिकै बढेको चीनको वातावरण मन्त्रालयले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित