शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

दैनिक नेपाल २०७८ पुष २१ गते १०:३४

प्योङयाङ, २१ पुस । उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ ।

उक्त क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानको बुझाइ छ । तर, यसको पुष्टि भने भइसकेको छैन ।

राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । उत्तरको पछिल्लो परीक्षणप्रति जापानले खेद व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित