
काठमाडौं, २१ पुस । गायक अशोक अर्यालको स्वर, शब्द र संगीत रहेको नयाँ लोक भजन ‘नारायण नारायण’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त भजनको अडियोलाई श्यामस्वेत रसाईलीले ध्वनि मिश्रण गरेका छन् । विगत लामो समयदेखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना आफ्नो नेपाल भ्रमणको क्रममा उक्त लोक भजनको निर्माण गरेका हुन् ।
स्याङ्ग्जाको मालुङ्गा र पाल्पाको हुँगीमा अवस्थित पवित्र तीर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको उक्त लोकभजनको भिडियोको निर्देशन प्रतिमा अर्यालले गरेकी हुन् भने छायांकन लक्की गाएजले गरेका छन् ।
नवीन घर्तीमगरले सम्पादन गरेको उक्त भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलीना म्युजिक प्रालिले गरेको छ ।















प्रतिक्रिया