शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

भ्याली पब्लिक बास्केटबल आजदेखि शुरू हुँदै

दैनिक नेपाल २०७८ पुष २१ गते ७:०८

काठमाडौं, २१ पुस । भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस–टू) ब्वाइज बास्केटबल प्रतियोगिता आज बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ वटा टीमको सहभागिता रहने हिजो मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी दिए । सहभागी टीमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, टाइम्स कलेज, हेराल्ड इन्टरनेसनल कलेज र साइपाल एकेडेमी तथा समूह ‘बी’ मा भ्याली पब्लिक कलेज, अक्सब्रिज इन्टरनेसनल कलेज, ट्रिनिटी इन्टरनेसनल कलेज र एन्जल्स हर्ट कलेज सहभागी हुने छन् ।

समूहको शीर्ष २ टोली सोझै सेमिफाइनलमा पुग्ने छन् ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको आफ्नै कोर्टमा हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित