९ कार्तिक २०८३, सोमबार

सरकारले चाहेर पनि अब रेशम चौधरीलाई जेलमा राख्न सक्दैन : घिसिङ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य योगेन्द्र घिसिङले अबको ६ महिनाभित्र रेशम चौधरीलाई जेलबाट छुटाउने दाबी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीलगायतले अब चाहेर पनि रेशम चौधरीलाई थुन्न नसक्ने उनले दाबी गरेका छन् । ‘अबको छ महिनाभित्र जनताले रेशम चौधरीलाई जेलबाट छुटाउने छन्,’ उनले भने ।

हिजोमात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टी नागरिक उन्मुक्तिको आज मंगलबार घोषणापत्र सार्वजनिक गर्ने क्रममा केन्द्रीय सदस्य घिसिङले देशलाई परिवर्तनको नेतृत्व गर्ने पार्टीको आवश्यकता रहेको भन्दै त्यो आवश्यकताको पूरा गर्न रेशम चौधरीको सोच र योजनाका साथ नागरिक उन्मुक्ति पार्टी जन्मिएको बताए ।

‘नेपालको जातीय समानताको कुरालाई व्यवस्थित् गर्ने पार्टीको अभाव थियो । यो पार्टीले अन्य पार्टीभन्दा पृथक अभियान र परिकल्पना गरेको छ,’ उनले भने । साथै, उनले संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने जिम्मेवारी रहेको बताउदै आवश्यकता हेरेर संविधान संशोधनबारे पार्टीले आवाज उठाउने पनि बताएका छन् ।

‘शिक्षा र स्वस्थ्यजस्ता आधारभुत आवश्यकता जनताले निःशुल्क पाउनुपर्ने भएपनि आजको दिनमा शिक्षा र स्वास्थ्य व्यवसायिक घरानाको मुठीमा पुगेको छ । यस्ता आधारभुत कुरालाई निःशुल्क दिनुपर्छ भन्ने हाम्रो पार्टीको माग रहनेछ,’ उनले भने ।

सरकारले कृषकलाई हेर्ने दृष्टीकोण नराम्रो रहेको भन्दै उनले बजेटको एक चौथाई भाग कृषीमा छुट्टाउनुपर्ने धारणा राखेका थिए । उनले यस पार्टीले देशको अर्थतन्त्र मजबुद बनाउन र भुलोगको रक्षा गर्ने उद्देश्य राखेको उल्लेख गरे ।