९ कार्तिक २०८३, सोमबार

सरकारले अन्तर्राष्ट्रिय सन्धीसम्झौताको धज्जी उडायो : नागरिक उन्मुक्ति पार्टी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २० पुस । हिजो मात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टी नागरिक उन्मुक्तिले वर्तमान सरकारले विभिन्न सन्धीसम्झौताहरूको धज्जी उडाएको बताएको छ ।

पर्टी दर्ता भएको भोलिपल्ट आज मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सरकारमाथि सो आरोप लगाएको हो । सरकारले छुवाछुत अन्त्य, जनजाती प्रथाको उन्मुलन र जातीय भेदभावको पूर्ण अन्त्य र न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहनेछौं भनेर गरिएको विभिन्न अन्तर्राष्ट्रिय सन्धीसम्झौताको पूर्णरूपमा धज्जी उडाएको आरोप नागरिक उन्मुक्तिको छ ।

पार्टीले अन्तर्राष्ट्रिय सन्धीसम्झौताको पूर्ण पालना गर्न तथा गराउन राज्यलाई झकझकाउने काम गर्ने पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताएकी छिन् । ‘नेपालले आदिवासी, जनजाती, दलित, श्रमिक, मजदुर, छुवाछुत अन्त्य, जनजाती प्रथाको उन्मुलन र जातीय भेदभावको पूर्ण अन्त्यसहित उनीहरूमाथि गरिएको न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहनेछौं भनेर गरिएको बिभिन्न अन्तर्राष्ट्रिय सन्धी तथा सम्झौताको पूर्ण पालना गर्न र गराउन राज्यलाई झकझकाउने हाम्रो कार्य रहनेछ,’ उनले भनिन् ।

‘बिगतमा हाम्रो सरकार प्रमुखले अनर्राष्ट्रिय श्रम सङ्गठन महासन्धी १६९, सन् २००७ मा आदिभाषी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको हस्ताक्षर, सन् १९४८ मा संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको विश्वव्यापी मानवअधिकार घोषणापत्र, सन् १९६६ मा पारित राजनीतिक र नागरिक अधिकार महासन्धीमा हस्ताक्षरलगायत अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेर पनि आफ्नै नागरिकमाथि गर्दै आएको व्यवहारले बिभिन्न अन्तराष्ट्रिय महासन्धीको धज्जी उठाइरहेको छ,’ पार्टीको घोषणापत्रको प्रस्तावनामा भनिएको छ ।