
काठमाडौं, २० पुस । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारदेखि आगामी शनिबारसम्म फेरि वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।
नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिएका कारण पुनः वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाले जारी गरेको विशेष बुलेटिनमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्म रहने र वर्षा तथा हिमपात हुने उल्लेख गरिएको छ ।
बुलेटिनअनुसार यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने छ । सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।















प्रतिक्रिया