शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कोभिड सङ्क्रमण तीव्र बन्न थालेपछि दिल्लीमा लाग्यो कर्फ्यू

अमेरिकामा एकैदिन थपिए १० लाखभन्दा बढी संक्रमित

दैनिक नेपाल २०७८ पुष २० गते १४:३९

नयाँ दिल्ली, २० पुस । नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ ।

कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

कर्फयूबाहेकका दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साविक झैं सञ्चालन हुनेछन् । तर, मास्कबिना कसैले पनि यात्रा गर्न पाउनेछैन् । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।

यसैबीच अमेरिकामा एकैदिनमा मात्र  १० लाख कोरोना संक्रमित थपिएका छन् ।  जोन हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको डेटामा आइतबार अमेरिकामा १० लाख कोरोना संक्रमित थपिएको उल्लेख छ ।

मंगलबार राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बढ्दो भाइरस संक्रमणलाई लिएर आगामी रणनीति तय गर्ने योजना बनाएका छन् । अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले सोमबार १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाको बुस्टर डोज दिइने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित