
काठमाडौं, २० पुस । गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा रहेको काँठे लोकदोहोरी गीत ‘नखोज है भाउ‘’को भिडियो मिलन फिल्मसको युटुव च्यानल मार्फत सार्बजनिक भएको छ ।
मकवानपुरे ठिटो र धादिङे नानिको मायाको परिवेशलाई गीतको भिडियोमा समेटिएको छ । केटा र केटीको मन परापर भएसी भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ ।
प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । बबि लामा र रजनी लामाको सयुक्त प्रस्तुती रहेको सो गीतमा शब्द अनि संगीत पनि राजु सापकोटाले गरेका छन । सरोज शाहीको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु सापकोटाको निर्देशन भिडियोमा रहेको छ ।
‘नखोज है भाउ’ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।















प्रतिक्रिया