शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

भारतमा १७ सयमा जनामा देखियो ओमिक्रोन, दिल्लीका मुख्यमन्त्रीमा पनि संक्रमण पुष्टि

दैनिक नेपाल २०७८ पुष २० गते ९:५७

नयाँ दिल्ली, २० पुस । भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर शुरू भइसकेको विज्ञहरुले बताएका छन् ।

त्यस्तै, नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात् ५१० जनामा संक्रमण देखिएको छ ।

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित