३ कार्तिक २०८३, मंगलबार

अब अरुको सहयोगमा आत्महत्या गर्न पाइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भियना, २० पुस । युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ ।

निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।

एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइने छ ।

चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।