शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा (नामसहित)

बीबीसी, च्यासल र फ्रेन्ड्स क्लबबाट कोही पनि परेनन्

दैनिक नेपाल २०७८ पुष २० गते ७:५९

काठमाडौं, २० पुस । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।

सहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोली घोषणा गरेका हुन् । प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनशीपमा उपविजेता बनेको टोलीबाट घाइते भएका नवयुग श्रेष्ठ र इन्डोनेसियामा रहेका रोहित चन्दबाहेक २१ खेलाडीसहित थप १३ खेलाडी टोलीमा राखेर घोषणा गरेका हुन् ।

आगामी माघको १५ र १८ गते नेपाल र मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदै छ । त्यसका लागि प्रशिक्षण पुस ३० गतेबाट सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।

घोषित टोलीमा कुन क्लबबाट को–को परे ?

मछिन्द्र – ७ : विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, विमल घर्तीमगर, मनिष डाँगी,

मनाङ मर्स्याङ्दी – ४ : दीनेश राजवंशी, नितिन थापा, पुजन उपरकोटी, अन्जन विष्ट

संकटा – १ : सुभाष गुरुङ

आर्मी – ४ : सुमन अर्याल, गौतम श्रेष्ठ, दिनेश हेन्जन, सन्तोष तामाङ,

हिमालयन शेर्पा – २ : दीप कार्की, कमल थापा

थ्री स्टार -२ : अनन्त तामाङ, आयुष घलान

न्यु रोड टिम – ४ : नविन गुरुङ, एरिक विष्ट, कृतिश रत्न छुन्जु, दर्शन गुरुङ

सातदोबाटो – ३ : आकाश बुढा मगर, सुदीप गुरुङ, सुशील राई

जावलाखेल – २ : टिकेन्द्र थापा, सुरज जिउ ठकुरी

एपिएफ – १ : आशिष लामा

पुलिस – ३ : शत्रुघन चौधरी, तेज तामाङ, सुमन लामा

बिबिसी, च्यासल र फ्रेन्ड्स : शून्य

प्रतिक्रिया
सम्बन्धित