शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिक्षा तामाङ र स्यान्टु श्रेष्ठले जिते स्वर्ण

दैनिक नेपाल २०७८ पुष १९ गते १०:०२

तुलसीपुर, १९ पुस । नेपाल एपीएफ क्लबका दिक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् ।

दिक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजारसहित, मेडल र ट्रफी प्राप्त गरेकी छन् । द्वितीय स्थान हासिल गर्ने रविनाले २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

यस्तै तेस्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०/१० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । युथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधी हात पारेका छन् ।

उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे । विनेशले द्धितीय स्थान हासिल गरी नगद २० हजार प्राप्त गरेका छन् । यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउन र एपीएफका संयोगक कपालीले नगद १०/१० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुस १६ देखि १८ गतेसम्म सञ्चालित प्रतियोगितामा तीन विभागीयसहित २८ टीमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित