शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

लियोनल मेस्सीलाई कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७८ पुष १८ गते १९:००

काठमाडौँ, १८ पुस । लियोनेल मेस्सीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

पेरिस सेन्ट जर्मेनले मेस्सी सङ्क्रमित भएको पुष्टि गरेको छ । अर्जेन्टिनी स्टारले अब सोमबार कोप डे फ्रान्समा भानेसविरुद्धको खेल गुमाउने भएका छन् । क्रिसमसमा छुट्टी मनाउन अर्जेन्टिना पुगेका उनलाई संक्रमण भएको आशंका गरिएको छ ।

उनीसँगै टोलीका अन्य तीन सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको बताइएको छ ।

क्लबका अनुसार मेस्सीसँग जुआन बर्नाट, सर्जियो रिको र नाथा बिटुबमाजालाई पनि सङ्क्रमण पुष्टि भएको छ । सबै खेलाडी आइसोलेसनमा रहेको र उनीहरूले आवश्यक स्वास्थ्य सावधानी अपनाइरहेको बताइएको छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित