१९ कार्तिक २०८३, बिहिबार

सौर्य एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज पौडेल पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १८ पुस । प्रहरीले सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेललाई पक्राउ गरेको छ ।

शनिबार त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा उनी पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू–२४ मा काठमाडौँ आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेलको साथबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाखरेलले उक्त रकम पौडेलले पठाएको बताएपछि आइतबार पौडेललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।