
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।
भारत भ्रमणमा रहेकी देउवा चौधाइवालेसँग भेटवार्ता गरेको चौथाइवालेले ट्विटरमार्फत जानकारी दिएका छन् ।
नेपाल भ्रमणमा आउँदा आरजुले उनलाई राखी बाँधीदिएकी थिइन् ।
पुसभित्रै प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणमा जाने तयारीमा छन् । आरजु निजी भ्रमण भनेर भारत गए पनि यसरी राजनीतिक भेटघाट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।












प्रतिक्रिया