
काठमाडौँ, १८ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन थप फैलन नदिन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी तथा सर्तकता अपनाउन निर्देशन दिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायलाई सर्तकता अपनाउन र पूर्वतयारीमा रहन निर्देशन दिएको हो ।
मत्रालयले एक विज्ञप्ति जारी गर्दै सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
त्यस्तै, अझै जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशिका तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको हो ।












प्रतिक्रिया