
काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
शनिबार अपरान्ह निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रममा उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई उल्लेख छ ।
त्यस्तै, ८ः३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८ः ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, ९ः ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले जनाएका छन् ।
श्रेष्ठद्वारा सार्वजनिक कार्यक्रममा राति ११ः१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११ः३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।












प्रतिक्रिया