
काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ ।
आठौँ महाधिवेशन अन्तर्गत प्रकाशित नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।
विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले सहमतिमै नेतृत्व प्रयास गरिरहेको छ । माओवादीले सहमतिबाटै नेतृत्व चयनका लागि शनिबार साँझ ५ बजेसम्मको समय दिइएको थियो ।
निर्वाचन आयोगले मतदाता नामवली प्रकाशित गरेपछि नेतृत्वका लागि मतदान हुने भएको हो । आयोगले निर्वाचनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।












प्रतिक्रिया