९ कार्तिक २०८३, सोमबार

प्रधानसेनापति प्रभुराम शर्मा भारत जाँदै, मन्त्रिपरिषद्द्वारा विदा स्वीकृत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ । त्यसका लागि मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले उनको विदा स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्ले शर्माका लागि पुस १८ गतेदेखि ३० गतेसम्मको बिदा स्वीकृत गरेको नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।