
काठमाडौं, १७ पुस । नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली शासक (नेताहरू)को हालत अन्तिममा अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीको जस्तै हुने टिप्पणी गरेका छन् ।
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को चर्को विरोध गर्दै आएका डा. रावलले सोही विषयलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । एमसीसी पारित भएर लागू भए नेपालको हालत पनि अफगानिस्तानको जस्तै हुने उनको तर्क छ ।
हिजो शुक्रकार उनले सोही आशयको अभिव्यक्ति सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘वाह्य शक्तिको भक्तिमा आफ्नो शक्ति र प्रतिष्ठाको आयु देख्ने नेपालका कतिपय नेताहरूले देशबाट भाग्न बाध्य अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीको अन्तर्राष्ट्रिय समुदायमाथि भर गरे अनुरूप अन्तिममा सहयोग नभएको र त्यसरी भर गर्नु गल्ती भएको भन्ने सार्वजनिक भनाईबाट शिक्षा लिने कि ?’
नेपालले बाह्य शक्तिको भर गर्न नहुने र भर गर्दा अवस्था जटिल बन्ने उनको भनाइ छ । लामो समयसम्म भएको युद्धका बेला अफगानिस्तानमा पनि अमेरिकी सैनिक तैनाथ थिए, तर तालीवानहरूले सर्वत्र कब्जा गर्दै जाँदा अमेरिकी सेना एकाएक फिर्ता भएको थियो ।
डा. रावलले साही दृष्टान्त उजागर गर्न खोजेको देखिन्छ ।















प्रतिक्रिया