शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

युभेन्ट्सका फरवार्ड भित्र्याउने बार्सिलोनाको तयारी

दैनिक नेपाल २०७८ पुष १७ गते ८:११

काठमाडौं, १७ पुस । क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सका स्पेनिस फरवार्ड अनुबन्ध गर्ने तयारी गरेको छ ।

बार्सिलोनाले जनवरी ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्सबाट अल्भारो मोराटालाई लोनमा अनुबन्ध गर्ने योजना बनाएको हो ।बार्सिलोनाले जनवरी ट्रान्सफरमै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट फेरान टोरेसलाई ५५ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाका प्रशिक्षक जाभीले टोलीको आक्रमणलाई बलियो पार्न थप फरवार्ड अनुबन्ध गर्न चाहेको हो । जाभी आफ्नो टोलीलाई ला लिगा र युरोपियन लिगमा आफ्नो बलियो उपस्थिति देखाउन चहान्छ ।

बार्सिलोनालाई मोराटा अनुबन्ध प्रक्रिया सहज हुने छैन । तर, जाभी मोराटा अनुबन्ध सफल हुनेमा ढुक्क छन् । मोराटाले पनि बार्सिलोनाको प्रस्तावलाई विचार गरिरहेको छ । मोराटालाई थाहा छ कि उनको अभिभावक क्लब एट्लेटिको म्याड्रिड, अहिले खेलिरहेको युभेन्ट्े र बार्सिलोनाबीच धेरै बहस हुन बाँकी छ ।

बार्सिलोनाले अझै खतरनाक आर्थिक स्थितिलाई ध्यानमा राख्दै खेलाडी अनुबन् गर्नको लागि स्यामुएल उम्टिटी र फिलिपे कौटिन्होजस्ता महँगा खेलाडीलाई बेच्नु आवश्यक छ । बार्सिलोनाका यसअघिका अध्यक्ष जोसेप मारियो बार्टोमेउले पनि रियल म्याड्रिडको एकेडेमीबाट हुर्किएका मोराटालाई क्लबमा ल्याउन चाहेको थियो ।

यो सिजन युभेन्ट्स आँफै पनि नाजुक स्थितिमा छ । तर, अझै पनि मोराटालाई स्थायी खेलाडी बनाउने योजनामा रहेको छ । मोराटाविनाको युभेन्ट्सको फरवार्ड लाईन रिक्त हुनेछ । मोराटाको विकल्पमा अर्काडियस मिलिक र मोउरो इकार्डी हुन सक्छन् । तर, यो सबै खेल निर्देशकको हातमा रहेको छ ।

बार्सिलोनामा मोराटाको सम्झौता अझ जटिल छ । यसमा एट्लेटिको तगारो बन्न सक्छ । जो प्रत्यक्ष घरेलु प्रतिद्धन्द्धीलाई मोराटा बेच्न चहादैनन् । एन्टोइन ग्रिजमनको कम्पोने६न पनि छ । जसलाई एट्लेटिकोले गत समरमा बार्सिलोनाबाट पुनः हस्ताक्षर गरे पनि अझै पुर्ण भुक्तान गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित