
काठमाडौँ, १६ पुस । सरकारले चिकित्साशास्त्रमा चीनलगायतका मुलुकमा स्नातक अध्ययन गरेका विद्यार्थीको बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति प्रदान को छ ।
मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सैद्धान्तिक स्वीकृति दिएको बताए ।
सरकारको यो निर्णयसँगै अब कोरोना महामारीका कारण चीन सरकारको छात्रवृतिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाईलिङिग्वील (द्विभाषिक) युनिभर्सिटीमा पढ्न गएकाहरुको ९ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाहरुको तीन महिना सैद्धान्तिक कक्षा गर्न पाउने भएका छन् ।
यसअघि सन् २०१५ र १६ औँ व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृतिको माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएका थिए ।












प्रतिक्रिया