१९ कार्तिक २०८३, बिहिबार

प्रचण्डलाई पार्टीको चिन्ता !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

आफ्नो नेतृत्वको युद्ध गरेर परिवारका सदस्य गुमाएका तथा अंगभंग भएकाहरुको भन्दा पार्टीकै चिन्ता रहेको आशय व्यक्त गरेका अध्यक्ष प्रचण्डले पार्टीका लागि वलिदान गर्न तयार रहेको समेत बताए ।

प्रचण्डले भने, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

वास्तवमा अब देशमा समृद्धि, विकास अनि सर्वत्र जीवनको गुणस्तरका लागि कार्य गर्नुपर्ने छ । त्यस्तै, सबै नेपालीलाई के कसरी प्रगतिको पथमा लैजाने आम चासो हुनुपर्ने हो । तर केवल पार्टीको चिन्ता गरेर मात्रै देश र जनताको के हुने भन्नेबारे नेताहरु मौन छन् ।

कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदूरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’