
काठमाडौँ, १६ पुस । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले झ्याप झ्याप बिजुली गइरहने समस्या समाधान हुने बताएका छन् ।
शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला विद्युत जाने गरेको बताए ।
निर्देशक घिसिङले भने, ‘विगत ३÷४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हाआपूर्ति नभएको पनि होइन ।’
बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट रहेको उनले सुनाए । ‘अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको भन्दै उनले भने, लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो’, उनले भने ।
शुक्रबारसम्ममा उपत्यकामा ट्रान्स्फर्मर परिवर्तन गरिसकिने भएकाले विद्युत नजाने उनले बताए ।












प्रतिक्रिया