
कपिवस्तु, १६ पुस । नेकपा एमाले कपिलवस्तुले यही पुस २३ र २४ गते गर्न लागेको जिल्ला अधिवेशनमा शिवराज नगरपालिकाका मेयर नेकपा एमालेका पुराना नेता नेत्रराज अधिकारीले नेकपा एमाले कपिलवस्तुको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
पार्टीको अन्य महत्वपूर्ण पदमा पनि धेरै सदस्यहरुको उम्मेदवारीको चर्चा चल्न थालेको छ । पार्टी सचिव पदमा वरिष्ठ पत्रकार तथा सचिवालय सदस्य भेषराज पाण्डे सचिवालय सदस्य चन्द्रबहादुर गहतराज (सिबी)विश्व कार्कीले उम्मेदवारी दिने मन्साय बनाएका छन् ।
उपसचिवमा लुम्बिनी प्रदेश सासंद अर्जुन कुमार केसीको उम्मेदवारीका रहने उनीनिकट नेताहरुले बताएका छन् । आफनो उम्मेदवारीको विषयमा नेताहरुले आफना निकट नेताहरुसँग पार्टीभित्र छलफल अगाडि बढाएको श्रोतले बताएको छ ।















प्रतिक्रिया