बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सम्झना पाण्डेको ‘नाचम नाचम’मा गम्भीर र राहुल

दैनिक नेपाल २०७८ पुष १६ गते ९:५१

काठमाडौं, १६ पुस । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो । ‘नाचम नाचम’ बोलको डान्सिङ्ग नम्बरमा सम्झना पाण्डे र राजन राज शिवाकोटीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको रहेको छ ।

राजन इशानको संगीत संयोजन रहेको गीत पार्टी तथा बिभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ। कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले गायिका तथा मोडल पाण्डेलाई शुभकामना दिंदै भिडियो र गायनको प्रसंशा गरे ।

बाल्यकालदेखि नै गायनमा रुचि राख्ने पाण्डेले यसअघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरिसकेकी छिन् । अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाईमा तीन वटा गीत र भिडियो निर्माण गरेको बताउँछिन् ।

रेडियो नेपालको बाल कार्यक्रममा गीत गाउने गरेकी पाण्डेले थुप्रै विज्ञापनमा आफ्नो स्वर दिई सकेकी छिन् । उनी पेशाले नर्स हुन् ।

प्रतिक्रिया
सम्बन्धित