९ कार्तिक २०८३, सोमबार

नेपाल खेलकुद महासंघले गर्‍यो खेल क्षेत्रका नेताहरूलाई सम्मान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेपाल खेलकुद महासंघले खेल क्षेत्रका नेताहरूलाई सम्मान गरेको छ ।

नेपाल खेलकुद महासंघको आयोजनामा काठमाडौंको जमलस्थित होटेल यल्लो प्यागोडामा एका कार्यक्रममो आयोजना गरी उनीहरूलाई सम्मान तथा बधाई प्रकट गरिएको हो । उक्त कार्यक्रममा नेकपा एमालेको दशौं महाधिवेसनबाट निर्वाचित स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटीमा निर्वाचित भएका खेल क्षेत्रका नेताहरूलाई स्वागतसहित सम्मान गरिएको महासंघले जनाएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता र महासंघका बरिष्ठ उपाध्यक्ष एवम् प्रदेश–१ खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा महासंघका इञ्चार्ज गोकुल बास्कोटा, एमाले पोलिटब्युरो सदस्य तथा महासंघका संस्थापक अध्यक्ष पुरुषोतम पौडेल, पोलिटब्युरो सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख लिलबहादुर थापामगर, एमाले केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्र उपप्रमुख रचना खड्का, केन्द्रीय सदस्य तथा पुर्वइन्चार्ज दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, महासंघका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य रमेशकुमार पौडेल लगायतको उपस्थिति थियो ।

महासंघका पूर्वइन्चार्जहरू कर्णबहादुर थापा, लिलबहादुर थापा तथा दावा तामाङ, संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेल र वर्तमान अध्यक्ष रमेश पौडेललगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो । सो कार्यक्रमको व्यवस्थापन नेपाल खेलकुद महासंघ काठमाडौंले गरेको थियो ।