१९ कार्तिक २०८३, बिहिबार

सुतेकै ठाउँमा एकै परिवारका ४ जना मृत र ३ जना बेहोस अवस्थामा फेला

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाँके, १५ पुस । नेपालगंज उपमहानगरपालिका–१० स्थित भेरी अस्पतालको स्टोर कोठामा सुतेका सोही अस्पतालमा कार्यरत कार्यालय सहयोगी धन प्रसाद भट्टराई र उनका परिवारका अन्य ३ जना गरी ४ जना बिहीबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

धन प्रसाद समेत उनका ७ जनाको परिवार उक्त कोठामा सुतेकोमा ४ जना मृत अवस्थामा र ३ जना बेहोस अवस्थामा फेला परेका हुन् ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त कोठामा उनीहरू झ्याल बन्द गरी टिनको डिब्बामा कोइला बाली सुतेको अवस्थामा फेला पारेको थियो । बेहोस भएका ३ जनामध्ये २ जनाको अवस्थामा गम्भीर रहेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।