
काठमाडौँ, १५ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनका बन्दसत्रमा विवाद उत्पन्न हंगामा भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्रमा नेता गिरिराजमणि पोखरेल लगायतमाथि कारवाहीको माग भएपछि तनाव भएको हो ।
प्रदेश दुईमा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएको छ ।
समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले नेता पोखरेल लगायतमाथि कारवाही हुनुपर्ने बताएपछि विवाद भएको हो ।
वुधबार नै कारवाहीको माग गरेपछि नेता पोखरेल बिहीबारको बन्दसत्रमै उपस्थिति नभएको बताइएको छ ।
पोखरेल आजको छलफलमा सहभागी नभएपछि हंगामा भएको बताइएको छ । त्यसै विषयलाई टुंगो लगाउन अहिले स्थायी कमिटी बैठक जारी रहेको जनाइएको छ ।
भगतले नारायणकाजी समेतको सहयोगमा गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाएका थिए ।
यो विषय पार्टीले छानबिन गरेर गिरिराजमणिलगायतलाई कारबाही गर्नुपर्ने धारणा हलमा राखेका थिए । तर गिरिराजमणि पोखरेल समूहले भने शालिक आफूहरुले नहटाएको दावी गर्दै आएको छ ।












प्रतिक्रिया