शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नायिका रेखा थापा भन्छिन– म एकपल्ट फेरि विवाह गर्न चाहान्छु

दैनिक नेपाल २०७८ पुष १५ गते ९:१७

काठमाडौं, १५ पुस । रेखा थापा नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका हुन् ।

फिल्म निर्देशक पनि बनिसकेकी रेखा अहिले एक्लै छिन् । निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद भएपछि उनले विवाह गरेकी छैनन् । विवाहबारे उनलाई हरेक कार्यक्रममा प्रश्न गरिन्छ । उनी मिलाएर जवाफ पनि दिन्छिन् ।

आफन्तसँग भेट हुँँदा होस् वा मिडियामा अन्तर्वार्ता दिँदा नै किन नहोस्, उनलाई विवाहको प्रश्न अनिवार्य आउँछ । अचेल भने उनले चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएकी छन् ।

हालै एक अन्तर्वार्तामा रेखाले २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी छन् । अहिले आफू केटाको खोजीमा रहेको उनको भनाई छ । इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेकी उनी आफ्नो लभ र एरेन्ज दुवै हुन सक्ने बताउँछिन् ।

आफ्नो हुनेवाला श्रीमान् आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने उनको इच्छा छ । रेखाले अन्य नायिकाको जसरी आफूले तामझामसँग बिहे नगर्ने पनि जानकारी दिएकी छन् ।

उनी भन्छिन्, ‘म यो देशको साधारण मानिस हुँ । मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै बिहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन । मैले ‘अँ बिहे गरेँ’ भनेर जानकारी गराउन सक्छु ।’

नेपालमा कुनै क्षेत्रमा कुनै व्यक्तिले आजसम्म महान कार्य नगरेको र नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिने ट्याग नसुहाउने पनि उनको तर्क छ । यस्ता ट्याग लिने र दिने दुवैलाई लाज हुनुपर्ने उनी बताउँछिन् ।

‘फिल्म बनाएर मैले केही परिवर्तन गर्ने कोशिश गरेँ भन्दैमा मलाई महान नबनाइदिनुस् । म महान होइन । मेरो महानता देखाउने अझै धेरै सिरिजहरु बाँकी छन्,’ उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित