८ कार्तिक २०८३, आइतबार

‘तमु ल्होसार’का अवसरमा नगरप्रमुख पाण्डेद्धारा शुभकामना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १५ पुस । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

आज बिहीबार शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख पाण्डेले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिसँगै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास गरेका छन् ।

‘गुरुङ समुदायको यस पर्वले सँपूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु,’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् ।