९ कार्तिक २०८३, सोमबार

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो’

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताएका छन् ।

आज बिहीबार तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औं तमु ल्होसारको अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् । ‘हाम्रो देशमा ठाउँ/समुदाय विशेष अनुसार फरक-फरक भाषा, धर्म, संस्कृति, भेषभुषा रहेका छन् जुन हाम्रो पहिचान पनि हो,’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

‘गुरुङ समुदाय तथा सम्पूर्ण देश–विदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ उनको सन्देशमा भनिएको छ ।

नेपाली विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको बताउँदै उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै जानुपर्ने धारणा व्यक्त गरेका छन् ।