शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता

दैनिक नेपाल २०७८ पुष १५ गते ७:३१

काठमाडौं, १५ पुस । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ ।

बुधबार राति भ्रमणकारी टोली सिटीका लागि फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो ।

खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन ।

गय राति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाए पनि ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे ।

इन्ज्युरी समयमा सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी घरेलु मैदानमा ब्राइटनसँग रोकिएको हो ।

जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित