
काठमाडौँ, १४ पुस । गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारलाई राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार छ । जसअनुसार प्रदेश सरकारले २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गुरुङ समुदायको तमु ल्होछार यही पुस १५ गते बिहीबार परेको छ ।
मुख्यमन्त्री कार्यालयले वुधबार सार्वजनिक विदाबारे सूचना जारी गरी जनाएको हाे ।












प्रतिक्रिया