१९ कार्तिक २०८३, बिहिबार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ पुस । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन् ।

रातिदेखि नै काठमाडौँ उपत्यकासहित भएको वर्षाका कारण काठमाडौँबाट हुने हवाई उडानहरु प्रभावित भएका हुन् ।

एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।

डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् ।

विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।

सिमराबाट काठमाडौँका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकाशमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।