१० कार्तिक २०८३, मंगलबार

प्रेस चौतारीको केन्द्रीय महाधिवेशन माघ २२–२४ पोखरामा गर्ने निर्णय

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रेस चौतारी नेपालको नवौं केन्द्रीय महाधिवेशन पोखरामा हुने भएको छ ।

आगामी माघ २२ देखि २४ गतेसम्म पोखरामा पहिलो पटक महाधिवेशन आयोजना गर्ने निर्णय लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटि बैठकले गरेको हो ।

महाधिवेशन सफिल बनाउन बैठकले उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।

केन्द्रीय कमिटीको बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल भएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

जिल्ला अधिवेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय बैठकले गरेको छ ।