१० कार्तिक २०८३, मंगलबार

१३ हजार ९३ जना शिक्षकका लागि आवेदन खुला, आवेदन अनलाइनबाटै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । सामुदायिक विद्यालयमा १३ हजार जना शिक्षकका लागि आवेदन खुला गरिएको छ ।

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि १३ हजार ९३ पदका लागि आवेदन खुला गरेको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरूले आवेदन दिन सकिने आयोगले बताएको छ ।

आयोगको अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दिने म्याद एक महिना निर्धारण गरिएको छ । लिखित परीक्षा ०७८ चैत १९ गते हुने आयोगले जनाएको छ ।

पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्: