१० कार्तिक २०८३, मंगलबार

वर्षा र हिमपातका कारण अधिकांश हवाई उडान प्रभावित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । देशभर भइरहेको वर्षा र हिमपातका कारण विभिन्न विमानस्थलबाट हुने हवाई उडान प्रभावित बनेको छ ।

मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको बताइएको छ । अहिले प्रतिकुल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु समेत प्रभावित बनेका छन् ।।

वर्षासँगै भिजिबिलिटीमा आएको कमीका कारण उडान गर्न नसकिने विमानस्थलले जानकारी दिएको छ ।

बिहान उडेका केही जहाजहरू बल्लतल्ल अवतरण गर्न सकिएको समेत बताइएको छ ।

दुवईबाट काठमाडौं आएको फ्लाईदुवई जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा छ । तर, निकैबेरदेखि उक्त जहाजले काठमाडौं र वीरगञ्जको आकाशमा फन्को मारिरहेको छ ।

त्यस्तै सिंगापुरबाट काठमाडौंका लागि उडेको सिंगापुर एयरलाइन्सको ‘एसआईए४४०’ जहाज पनि आकाशमै होल्ड भइरहेको छ ।