
हेटौंडा, १४ पुस । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो पूर्ण बैठक आज बुधबारदेखि प्रदेश राजधानी हेटौंडामा शुरू हुँदै छ ।
हेटौंडास्थित न्युज क्लब नेपालमा हिजो मंगलबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु बागमती कमिटीका अध्यक्ष सन्तोष राना क्षेत्रीले आजदेखि बैठक शुरू हुने जानकारी दिएका हुन् । उनका अनुसार बैठक आज र भोलि चल्ने छ ।
बैठकमा प्रदेश कमिटीको शपथ ग्रहण, प्रदेश कार्यालय उद्घाटन र दुई दिवसीय आवसीय प्रशिक्षण कार्यक्रममा १० जिल्लाबाट ६५ जना प्रदेश सदस्यहरुको सहभागिता रहने बताइएको छ ।
अनेरास्ववियुको प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल, एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, एमाले केन्द्रीय सदस्यहरु ईश्वरी रिजाल, माधव ढुंगेल, रचना खड्कालगायत नेताहरु सहभागिता रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष रानाले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले भागबन्डाको नाममा मन्त्रालयहरु फुटाएर जनतामाथि व्ययभार थप्ने मात्र काम गरेको टिप्पणी गरे ।















प्रतिक्रिया