८ कार्तिक २०८३, आइतबार

शाहद्वारा सहयोगको अपिल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का नवीन शाहको दुई वटै मिर्गौलाले काम गर्न छोडको छ ।

पाँच महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय शाहले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।

सानै उमेरमा आफना बुबा–आमा समेत गुमाइसकेका शाहको उपचारमा हालसम्म ७ लाख रुपैयाँ खर्च भइसकेको उनका दाजु प्रेम शाहले जानकारी दिए । दुवै मिर्गौला फेल भएकाले प्रत्यारोपणको विकल्प नभएको र प्रत्यारोपणका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकले बताएको शाहले जानकारी दिएका छन् ।

‘अहिलेसम्म ऋण लिएर नै उपचार गराइरहेका छौ, अझै १५ लाख लाग्छ भन्छन्, मैले कहाँबाट ल्याउनु, भाइको जीवनरक्षाका लागि भौतारिरहेको छु।,’ उनले भने, ‘कृपया सबैले सक्दो सहयोग गरी मेरो भाइको जीवन बचाइदिनुहोस् ।’

अहिले सातामा ३ पटक डाइलासिस गर्नुपरेकाले खर्च निरन्तर बढ्दै गइरहेको उनले बताए । शाहको वीर अस्पतालमा डायलासिस गरिँदै आएको छ । उनलाई सहयोग गर्न चाहनेले प्रभु बैंकमा बिरामी नवीन शाहको नाममा रहेको खाता नं. १९४०१६४३३४७०००११ मा रकम जम्मा तथा ९८६०२२४३७३ र ९८४९६१९३१० मा सम्पर्क गरी सहयोग गर्न सकिने दाजु प्रेम शाहले बताए ।