
काठमाडौं, १४ पुस । प्रधान सेनापति प्रभुराम शर्माले काभ्रेपलाञ्चोकको रोहिणी भञ्ज्यािङ्गस्थित तथा भोजपुर जिल्लास्थित सामुहिक तालिम ईलाकाको स्थलगत निरीक्षण गरेका छन् ।
विगतमा कोभिड–१९ का कारण स्थगित भएका सामुहिक तालिमहरु हाल प्राथमिकतामा राखी नेपाली सेनाका विभिन्न युनिटहरुले आ–आफ्नो जिम्मेवारी इलाकामा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाइ सञ्चालन गरिरहेका छन् । सोही तालिमहरूको महारथी शर्माले हिजो मंगलबार निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षणको क्रममा प्रधान सेनापति शर्माले तालिमका विविध पक्षहरुका बारेमा जानकारी हासिल गर्नाका साथै तालिमरत सकल दर्जाहरुलाई सम्बोधन समेत गरेको सैनिक मुख्यालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ ।















प्रतिक्रिया