१९ कार्तिक २०८३, बिहिबार

रौतहटको जन्ती बोकेको भारतीय कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ । मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेका प्रहरीले जनाएको छ । अर्का मृतकको भने सनाखत भइ सकेको छैन ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।