बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

बलिउडकी गायिका असिस कौर कन्सर्ट गर्न काठमाडौं आउँदै

दैनिक नेपाल २०७८ पुष १३ गते १०:३१

काठमाडौं, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।

यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए ।

‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत कार्यक्रमले दिनेछ’ खानले भने ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’ नेपालमा बलिउड सेलिब्रेटीको प्रस्तुति नभएको धेरै समय भएको समेत उनले सुनाए ।

कार्यक्रममा आसीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहने छ ।

प्रतिक्रिया
सम्बन्धित