शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘सम्बन्ध’को साथमा आए पुष्प गजमेर (भिडियोसहित)

दैनिक नेपाल २०७८ पुष १३ गते १०:१२

काठमाडौं, १३ पुस । नेपालीभाषी गायक पुष्प गजमेरले ‘सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सेन्टिमेन्टल भर्सनमा आधारित उनको गीतमा स्वयम् गायक गजमेरको शब्द अनि संगीत रहेको छ । अमेरिकामा बस्दै आएका गायक गजमेर विगत २ दशकदेखि संगीतमा सक्रिय छन् ।

हिमालयन म्यूजिक एकेडेमीका सीईओ समेत रहेका गजमेरको एकेडेमीमा बाध्यवादन, नृत्यको प्रशिक्षण हुने गरेको छ । गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन् ।

आकाश श्रेष्ठ र जेबिका कार्की बीचको प्रेम र वियोगलाई भिडियोमा प्रस्तुत गरिएको छ । शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो । शान्ति गजमेर निर्मात्री रहेको म्यूजिक भिडियोलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित